फागुनयता आगोले ताप्लेजुङमा १६ घर नष्ट

फुङ्लिङ : ताप्लेजुङमा फागुन महिनायता डढेलोका कारणले १६ घर जलेर नष्ट भएका छन्। सुख्खा मौसमसँगै वनमा लागेको डढेलो तथा अन्य कारणबाट आगलागी हुँदा १६ घर जलेर नष्ट भएका हुन्।जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार फागुनदेखि चैत १० गतेसम्ममा वनमा लागेको डढेलोबाट १२ र अन्य कारणबाट ४ घर जलेर नष्ट भएका छन्।वनमा लागेको डढेलोका कारण चैतको पहिलो सातामात्रै ११ घर जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। अन्य कारणबाट चैतमा एउटा घर जलेको छ।फागुनमा डढेलोले १ र विद्युत् सर्ट भएर सल्केको आगोले ३