साेलुखुम्बु – सोलुखुम्बुको सगरमाथा क्षेत्रमा सम्पर्कविहीन जर्मन नागरिक ५ दिनपछि फेला परेका छन् ।गएको शुक्रवारदेखि सोलुखुम्बुको खुम्बु क्षेत्रमा सम्पर्कविहीन बनेका जर्मन नागरिक डा. साखर गम आज साेमवार लबुचेमा फेला परेका प्रहरीले जनाएको छ । एक्लै खुम्बु भ्रमणमा आएका ७६ वर्षका गमलाई लबुचेमा रहेको एक होटलमा बिरामी अवस्थामा फेला पारिएको हो ।गएकाे शुक्रवार काठमाण्डाैबाट जहाजमार्फत लुक्ला ओर्लिएका उनी सम्पर्कविहीन भएका भन्दै नेपालमा रहेकाे जर्मन दूतावासले सोलुखुम्बु प्रहरीलाई खबर गरेकाे थिए । त्यसपछि नेपाल प्रहरी,...