सभामुख अग्निप्रसाद सापकोटाले जिम्मेवार निकायबाट लोकतान्त्रिक अभ्यासको व्यावहारिक पुष्टि भए मात्र जनस्तरमा यसप्रति गहिरो विश्वास पैदा हुने बताएका छन् ।
उनले भनेका छन्, ‘लोकतन्त्रप्रतिको साँचो प्रतिबद्धता र यसको रक्षाको दायित्व हामी सबैको हो । थप सजग र सचेत भएर लोकतन्त्रको संस्थागत अभ्यास सुनिश्चित गर्न सक्दा नागरिकमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास लिएको छु ।’
राष्ट्रिय प्रजातन्त्र दिवस २०७८ का अवसरमा शुभकामना दिँदै सभामुखले लोकतन्त्र सिद्धान्तसँगै हाम्रो चिन्तन, जीवन पद्धति, व्यवहार र पुस्तान्तरणको महत्त्वपूर्ण संस्कार ...