हेटौंडा : बागमती प्रदेशसभाको बैठक फागुन २९ गते बस्ने भएको छ। प्रदेशसभा सचिवालयले बुधबार सूचना जारी गर्दै प्रदेशसभा बैठक फागुन २९ गते दिउँसो १ बजे बस्ने जनाएको हो। यसअघि गएको १६ गते सोमबारका लागि बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो।प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण दुई महिनादेखि प्रदेशसभा बैठक बस्न सकेको छैन। एमालेले सरकारले गरेको मन्त्रालय विभाजन,योजनाहरु कटौती लगायतको कुरामा औचित्य पुष्टि गर्दै चित्तबुझ्दो जवाफ दिनुपर्ने माग गर्दै संसद चल