विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्का विज्ञ सदस्य डा.गंगालाल तुलाधरले विपद् व्यवस्थापन प्राधिकरण गृह मन्त्रालय मातहत हुनुले कार्य सम्पन्नतामा कठिनाइ भइरहेको बताएका छन् । आइतबार काठमाडौंमा पूर्वसूचना प्रणालीमा सञ्चार माध्यमको भूमिका विषयको अन्तरक्रियामा बोल्दै विज्ञ सदस्य डा. तुलाधरले परिषद् स्वायत्त निकाय भएपनि काम गराइ गृह मन्त्रालय मातहतको निकायझैँ भएको बताए ।उनले प्रधानमन्त्री अध्यक्ष रहने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गृह मन्त्रालयको मातहतमा रहेर