नेपाली राइडर दीपक साह बने ‘र्‍याली अफ चाम्बा’को विजेता

काठमाडौं । नेपाली मोटरसाइकल राइडर दीपक साह भारतको हिमाञ्चल प्रदेशको चाम्बामा आयोजित ‘र्‍याली अफ चाम्बा’को एक्स्ट्रिम (मोटो) २०२२’ को विजेता बनेका छन् । १६ देखि १९ जुनसम्म आयोजित प्रतियोगितामा दीपक नेपालबाट एक्लो प्रतिस्पर्धी थिए । रोयल इनफिल्ड हिमालयन मोटरसाइकलमा सवार भएर र्‍यालीमा भाग लिएका साहले उक्त क्याटगोरीमा पहिलो स्थान हासिल गरेका हुन्...