बाँकेको नेपालगन्ज सहरमा राजावादीहरु उल्लेख्य छन् । अघिल्लो स्थानीय तह निर्वाचनमा राप्रपाका महामन्त्री डा धवल शमशेर राणा नेपालगन्ज उपमहानगरको प्रमुखमा निर्वाचित भएका थिए । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा भने सत्ता गठबन्धनबीच भएको तालमेलका कारण राप्रपाले आफ्नो पकड कायम राख्न सकेन । यद्यपि राप्रपाको प्रभाव भने कायमै छ ।राजावादी बाहुल्य क्षेत्र भएकैले नेपालगन्जका विभिन्न चोकमा विगतमा पूर्वराजाका सालिक थिए भने हाल पनि राजा त्रिभुवनको सालिक छ । यसअघि रहेका पूर्वराजा ज्ञानेन्द्र र राजा वीरेन