लमजुङ – लमजुङ प्रहरीले भूकम्पले भत्किएको घर पुनःनिर्माण गरिदिने भन्दै भूकम्पपीडितसँग रकम लिएर फरार भएका एक जना ठेकेदारलाई पक्राउ गरेको छ। सरकारले लाभग्राही प्रत्येकलाई ३ लाख रुपैयाँ उपलब्ध गराएको थियो। भूकम्पपीडितको घर निर्माण गरिदिने भन्दै ठेक्का लिएका मकवानपुर जिल्ला बकैया गाउँपालिका १०, अम्मासबेसी बस्ने ४७ वर्षीय ठेकेदार यमबहादुर थोकरलाई ३ वर्षपछि पक्राउ गरेको प्रहरीले जनाएको […]