रुसमा बच्चाहरूलाई मानिसको शरीरका अंग मिसाएर मासु खुवाउने आरोप लागेकी ८१ वर्षीया सोफिया झुकोभाको कोभिडका कारण मृत्यु भएको छ ।
झुकोभा सुँगर काटेर व्यवसाय चलाउने बगरे थिइन् । उनले सन् २००५ मा सात वर्षीया आनास्तासिया अलेक्सीनकोको हत्या गरेको आरोप छ ।
खाबारोभ्स्क शहरमा सडक सफा गर्ने ५२ वर्षीय एक व्यक्ति तथा ७७ वर्षीया एक महिला मित्रको पनि उनैले हत्या गरेको अभियोग छ ।
त्यसबाहेक पनि उनले थप चार हत्या गरेको विषयमा प्रहरीको अनुसन्धान जारी छ ।
झुकोभालाई जेलमा कोभिड लागेको थियो र अस्पताल लगि...