सुर्खेत । कर्णालीको हिमाली जिल्ला हुम्लामा चिनियाँ मदिरा बरामद गरिएको छ । जिल्लाको खार्पुनाथ गाउँपालिका–४ मा पर्ने खार्पुबाट ठूलो परिमाणमा व्यापारिक प्रयोजनका लागि अवैध रुपमा ल्याइएको चिनियाँ मदिरा प्रहरीले बरामद गरेको हो । खार्पुबाट खच्चरमा वडा नम्बर–१ लालीतर्फ ल्याउँदै गरेको १ हजार ३ सय २० बोटल चिनियाँ मदिरासहित लालीका ३८ वर्षीय धीरेन्द्र शाहीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता हरिराज वाग्लेले थप अनुसन्धान भईरह