केरा आयातमा रोक लगाउन व्यवसायीको माग

काठमाडौं । केरा किसान तथा व्यवसायीले केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेका छन् । नेपालका किसानलाई धरासायी हुनबाट जोगाउन  १३ व्यावसायिक केरा उत्पादक सङ्घले आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सो कुरामा जोड दिएका हुन् ।  उनीहरूले कैलाली, कञ्चनपुरलगायत जिल्लालाई  केरा जोन तथा चितवनलाई सुपर जोन बनाउनुपर्ने  र  कृषि कर्जाको अवधि...

सम्बन्धित सामग्री

विश्वव्यापीकरणमा ह्रास हुन लागेको हो ?

विशेष गरेर पूर्वसोभियत संघको विघटनपछि शीत युद्धको समाप्ति भयो । साम्यवाद र पूँजीवादका बीच हुने द्वन्द्वलाई मत्थर बनायो । बर्लिनको अग्लो पर्खाल भत्कियो । पूँजीवादले समाजवादलार्ई परास्त गरेको अवस्था थियो । संसारमा पूँजीवादको वर्चस्व बढ्यो । फलस्वरूप, विश्वव्यापीकरणले प्रश्रय पायो । संसारका कुनाकुनामा मानवशक्तिको पहँुच हुन थाल्यो । मानिसहरूको एकबाट अर्को देशमा बसाइसराइँ हुन थाल्यो । एक देशबाट अर्को देशमा आवतजावत गर्ने र रोजगारी पाउने वातावरण सृजना भयो । मानवशक्तिमात्र होइन, वस्तु तथा सेवा, पूँजी, प्रविधि र संस्कृति आदिको गतिशीलतामा पनि तीव्र गति आउन थाल्यो । पर्याप्त पूँजी भएका धनाढ्य देशका नागरिकले आफ्नो पूँजी संसारको कुनै पनि देशमा लगानी गर्न पाउने वातावरण सृजना भयो । श्रम, पूँजी, प्रविधि र संगठनको गतिशीलताको प्रक्रियालाई सामान्य भाषामा विश्वव्यापीकरण भनिन्छ । विशेष गरेर सन् १९९० को दशकदेखि विश्वव्यापीकरणले व्यापक वा उदाउँदो रूप लिई संसारलाई एकै ठाउँमा उभ्याउन सफल भयो भन्न सकिन्छ । आजभोलि एक देशको नागरिक अर्को देशको नागरिक हुन पुगेको छ । एक देशको नागरिकले अर्को देशमा रोजगारी प्राप्त गरिरहेको छ । यसले कुनै निश्चित देशको नागरिकलाई विश्वकै नागरिक बनाएको छ । विश्वव्यापीकरणलार्ई इन्टरनेटको आविष्कारले अझ बढी प्रभावकारी बनाएको छ । यसले संसारको कुनै पनि कुनामा बसोवास गर्ने मानिसलाई छिनछिनमा एकै ठाउँमा ल्याउने सुविधा प्रदान गरेको छ । यसले उत्पादनका सबै साधनलाई गतिशील बनाउन सरलीकरण गरेको छ । शक्तिशाली राष्ट्रहरूमा आज देखिएको चिसोपनका कारण विश्वव्यापीकरणले निरन्तरता नपाउने सम्भावनालाई नकार्न सकिँदैन । शक्तिशाली देशका नेताहरूको वाणीले पनि यही देखाउँछ । कुनै एक देशको कम्पनीले अर्को देशमा लगानी गरेर वस्तु तथा सेवाको उत्पादन गरिरहेको छ । उदाहरणस्वरूप, नेपालमा पनि नर्वे र अमेरिकाले क्रमश: खिम्ति र भोटेकोशी जलविद्युत् आयोजनामा लगानी गरी विद्युत् उत्पादन भइरहेको छ । अमेरिकामा स्थापित भएका कम्पनीहरूले चीनमा वस्तुको उत्पादन गरिरहेका छन् । चीनमा उत्पादन भएको वस्तुको उपभोग अमेरिकामा मात्र नभई संसारका सबै देशले गरिरहेका छन् । अन्तरराष्ट्रिय व्यापारमा भएको सहजीकरणका कारण आज संसारका मुलुकहरूमा वस्तु तथा सेवाको निकासी पैठारीमा सहजता आएको छ । संसारभरिका प्रत्येक देशको अर्थतन्त्र परजीवी हुन पुगेको छ । यसको निरन्तरताले वैदेशिक प्रत्यक्ष लगानीमा वृद्धि भइरहेको छ । जुन देशहरूले यो प्रक्रियालाई निरन्तरता दिइरहेका छन् तिनीहरूले यसबाट पर्याप्त मात्रामा वैदेशिक मुद्रा कमाइरहेका छन्, जसले भुक्तानी सन्तुलन अनुकूल राख्नमा सहयोग गरेको छ । अन्तरराष्ट्रिय व्यापारमा भएको सहजीकरणका कारण विश्वभर व्यापारको दायरा फराकिलो बनाएको छ । पृथ्वीको कुनै एक कुनामा निर्मित वस्तु वा सेवा बाँकी संसारका कुनामा निकासी तथा पैठारी भइरहेको छ । अर्थात् संसारको एउटा कुनामा निर्माण भएको वस्तु तथा सेवा संसारका सबै कुनामा बस्ने मानिसले उपभोग गरिरहेका छन् । विश्व व्यापार संगठनको आँकडाले पुष्टि गरेको छ कि विश्वको व्यापारको मात्रामा ह्रास आइरहेको छ । हुन त विश्व व्यापारमा कमी आउनुको मुख्य कारण कोभिड–१९ को कारण पनि हुन सक्छ । यसले पनि विश्वव्यापीकरणमा क्रमश: ह्रास हुने प्रक्रियालाई सहयोग पुर्‍याइरहेको छ । कोभिड–१९ महामारीको उत्पत्तिले विश्वव्यापीकरणको गतिमा केही शिथिलता आयो । संसारभरका अधिकांश देशमा बन्दाबन्दी भयो । यो विश्वव्यापी महामारीका कारण एक देशबाट अर्को देशमा मानिसको आवतजावत मात्र बन्द भएन कि वस्तु तथा सेवाको आयातनिर्यातमा पनि कमी आयो । संसारका प्रत्येक देश एकअर्कामा निर्भर रहेकाले यी देशमा वस्तु तथा सेवाको अभाव हुन थाल्यो । कतिपय विकसित देशमा श्रमशक्तिको अभाव हुन थाल्यो । एक पछि अर्को देशमा बन्दाबन्दीका कारण विश्वव्यापीकरणको तीव्र वेगलाई केही पछि धकेलिदियो । तर, विश्वव्यापीकरणको वेगलाई कोभिड–१९ ले क्षणिक रूपमा तगारो लगाएको भए तापनि यसको निराकरणपश्चात् विश्वव्यापीकरण पूर्ववत् स्थितिमा फर्किन सक्ने तथ्य टड्कारो छ । यसअतिरिक्त विश्वका प्रभावशाली नेताहरूको समयसमयमा व्यक्त हुने विचार पनि विश्वव्यापीकरणको विपक्षमा देखिने गरेको छ । बेलायतका बोरिस जोन्सन, भारतका मोदी, रसियाका पुटिन र अमेरिकाका ट्रम्पको विचार पनि विश्वव्यापीकरणलाई बिस्तारै निरुत्साहित गराउने कार्यतर्फ  अग्रसर रहेको अनुमान गर्न सकिन्छ । फेरि विश्वका देशहरू आत्मनिर्भर हुन खोजिरहेका छन् । यूरोपेली संघबाट बेलायत अलग हुन चाहुनुलाई यसैको परिणाम होला भन्ने अनुमान लगाउन सकिन्छ । पूँजीवाद र समाजवादको द्वन्द्वले शीतयुद्धलाई निम्त्याएको थियो । आजभोलि रसिया र युक्रेन बीच युद्ध चलिरहेको छ । यो युद्धलाई समाजवादी र पूँजीवादीको द्वन्द्वको पुनरावृत्तिको प्रतिबिम्ब हो पनि भन्न सकिन्छ । अर्थात् संयुक्त राज्य अमेरिका र रसिया बीचको युद्धको शुरुआत हो भनेर पनि भन्न सकिन्छ । यसले के संकेत गर्छ भने फेरि विश्वमा युद्धको सम्भावना बढिरहेको छ । युद्धको चपेटामा विश्व व्यापारले गति लिन सक्दैन । जनशक्ति, पूँजी, प्रविधि, संस्कृति, रहनसहन आदिको एकअर्का देशमा आदानप्रदान हुने सम्भावनामा कमी आउँछ । नेपालको कुरा गर्दा संसारका बाँकी देशहरूलाई बाहेक राख्नुपर्छ । नेपालमा न वैदेशिक प्रत्यक्ष लगानी उत्पादक क्षेत्रमा भित्रिन सकेको छ न निर्यातमुखी उद्योगहरूको स्थापना नै हुन सकेको छ । रोजगारीका अवसरहरू सृजना हुन सकेका छैनन् । जति भएका छन् ती अपुग छन् । नेपालले विश्वव्यापीकरणको सदुपयोग गरी अर्थतन्त्रलाई गति दिन सकेको छैन । यसले केवल मानवशक्ति विदेशमा निर्यात गरेर अर्थतन्त्रमा समयसमयमा पर्ने खाडललाई टालटुल गरिरहेको छ । संसारका विभिन्न देशमा सृजित रोजगारीका अवसरहरू नेपालका शीपयुक्त र शीपविहीन दुवैथरीका युवायुवतीले प्राप्त गरिरहेका छन् । तिनीहरूले पठाएको विप्रेषणले सिकिस्त बिमारी भएको अर्थतन्त्रलाई आईसीयूमा राखेर सास हाल्ने काम भइरहेको छ । शक्तिशाली राष्ट्रहरूमा आज देखिएको चिसोपनका कारण विश्वव्यापीकरणले निरन्तरता नपाउने सम्भावनालाई नकार्न सकिँदैन । शक्तिशाली देशका नेताहरूको वाणीहरूको प्रस्फुटनले पनि यही देखाउँछ । यसो भएमा नेपालबाट विदेशिएका युवायुवती नेपालमा फर्कन सक्ने प्रबल सम्भावना रहन्छ । विदेशबाट प्राप्त विप्रेषणको उपयोग उत्पादक क्षेत्रमा हुन सकेको छैन । जति विप्रेषण नेपालमा भित्रिएको छ, त्यसको ८० प्रतिशतभन्दा बढी भाग उपभोगमा खर्च हुने गरेको छ । उपभोग्य वस्तुको आपूर्ति आयातबाट गर्ने गरिएको छ । सत्तासीनहरूलाई महँगा सवारीसाधनको किन्ने गरिएको छ । परनिर्भर नेपाली अर्थतन्त्रको भविष्य डरलाग्ने जोखिममा पर्न सक्ने सम्भाव्यतालाई नकार्न सकिँदैन । चाहे विश्वव्यापीकरणको अन्त्य होस् या नहोस् नेपालले रोजगारीको सृजना गर्नुपर्छ । यसका निमित्त विदेशी प्रत्यक्ष लगानी विभिन्न उत्पादक क्षेत्रमा आकर्षित हुन सक्ने वातावरणको सृजना गर्नुपर्छ । बा⋲य तथा घरेलु स्रोतको प्रयोग गरी निर्यातमूलक आयोजनाहरूमा लगानी गर्नुपर्छ । आयात प्रतिस्थापन गराउने र निर्यातमूलक उद्योगहरूको स्थापनामा विशेष प्रयत्न लगाउन जरुरी छ । विलासिताका वस्तुहरूको आयातमा रोक लगाउन आवश्यक भइसकेको छ । पर्यटन उद्योगलाई आवश्यक पर्नेबाहेक विदेशबाट हुने मदिराको आयातमा अंकुश लगाउनुपर्छ । नेपालले खाद्यान्न, फलफूल, तेलहन, मासु, तरकारी, दूध तथा दुग्ध पदार्थ आदिमा आत्मनिर्भर हुन जरुरी छ । यसका लागि कृषि व्यवसायलाई प्राथमिकता दिई नेपालका विभिन्न क्षेत्रमा हावापानी सुहाउँदो बालीनाली लगाउने वातावरण सृजना गर्न आवश्यक छ । फलफूल उत्पादनका लागि मध्यपहाडी भेग उपयुक्त छ । सुन्तला, कागती, अनार, केरा, आदिको उत्पादन यस क्षेत्रमा गर्न सकिन्छ भने स्याउको उत्पादन हिमाली क्षेत्रमा । आँप, लिची, केरा आदिको उत्पादन तराईका विभिन्न फाँटमा पर्याप्त मात्रामा उब्जाउन सकिन्छ । यसबाट नेपाललाई फलफूलको आपूर्तिमा आत्मनिर्भर गराउन सक्छ । हिमाल, पहाड र मधेश सबै मासु उत्पादनका लागि उपयुक्त छन् । च्याङ्ग्रा, भेंडा र बाख्राको उत्पादनको सम्भावना अत्यन्त धेरै छ । यसबाट मासुको आयात प्रतिस्थापन गर्न सकिन्छ । यसले विदेशिएका युवायुवतीलाई केही हदसम्म रोजगार प्रदान गर्न सक्छ । लेखक अर्थशास्त्री हुन् ।

केरा आयातमा रोक लगाउन माग

केरा किसान तथा व्यवसायीले केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेका छन् । नेपालका किसानलाई धरासायी हुनबाट जोगाउन १३ व्यवसायिक केरा उत्पादक संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेपाली उत्पादन प्रयोग गर्न जोड दिएका हुन् ।उनीहरुले कैलाली, कञ्चनपुरलगायत जिल्लालाई केरा जोन तथा चितवनलाई सुपर जोन बनाउनु पर्ने र कृषि कर्जाको अवधि पाँच वर्षबाट बढाएर १० […]

केरा आयातमा रोक लगाउन माग

काठमाडौँ– केरा किसान तथा व्यवसायीले केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेका छन्। नेपालका किसानलाई धरासायी हुनबाट जोगाउन १३ व्यवसायिक केरा उत्पादक सङ्घले आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सो कुरामा जोड दिएका हुन्। उनीहरुले कैलाली, कञ्चनपुरलगायत जिल्लालाई केरा जोन तथा चितवनलाई सुपर जोन बनाउनु पर्ने र कृषि कर्जाको अवधि पाँच वर्षबाट बढाएर १० वर्ष पुर्‍याउनु […]

भारतीय केरा आयातमा रोक लगाउन माग

चितवन । चितवन केरा उत्पादक संघले भारतीय केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै भारतीय केराका कारण नेपाली केरा किसान मारमा परेको बताएको हो । भारतबाट वैध तथा अवैध रूपमा केरा भित्रनु दुःखद रहेको भन्दै संघले नेपालमै उत्पादित केरालाई प्रथामिकता दिनुपर्ने बताएको हो । संघका अध्यक्ष माधवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा चितवनसहित विभिन्न जिल्लाका किसानले उत्पादन गरेको केरा खेतमै तयारी अवस्थामा रहने, तर विदेशी केराले बजार ओगट्नु दुःखद रहेको उल्लेख छ । देशका ठूला बजारमा रहेका थोक केरा व्यापारी, खुद्रा व्यापारी र केही ठूला फलफूल व्यापारी मिलेर बजारलाई नियन्त्रणमा लिन खोजिएको विज्ञप्तिमार्फत बताइएको छ । ‘नेपाली किसानको उत्पादनलाई कमभन्दा कम दरमा खरीद गरी मार्ने काम भएको छ, यसलाई रोक्न भारतीय केरा आयातमा तत्काल रोक लगाउन माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । नेपाली केरा किसान भारतीय आयातित केराका कारण विस्थापित हुने अवस्थामा पुग्दा समेत सम्बन्धित निकायले ध्यान दिन नसकेको संघले बताएको छ । रासस

भारतबाट केरा आयातमा रोक लगाउन माग

चितवन । चितवन केरा उत्पादक सङ्घले भारतीय केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै भारतीय केराले नेपाली केरा किसान मारमा परेको जनाएको हो ।   भारतबाट बैध तथा अवैधरूपमा केरा भित्रनु दुःखद रहेको भन्दै सङ्घले नेपालमै उत्पादित केरालाई प्रथामिकता दिनुपर्ने जनाएको हो । सङ्घका अध्यक्ष...

‘केरा आन्दोलन’ का अगुवा राजमो नेता आचार्य सम्मानित

धनगढी । भारतीय केरा आयातमा रोक लगाउन गरिएको आन्दोलनका अगुवा राष्ट्रिय जनमोर्चाका नेता लक्षीराम आचार्य धनगढीमा सम्मानित हुनुभएको छ । शनिबार धनगढी उपमहानगरपालिका १८ ‘एफ’…

हरियो तरकारीको मूल्य दोब्बर

काठमाडौंको बजारमा हरियो तरकारीको मूल्य एक्कासी बढेको छ । अविरल वर्षाका कारण यो हप्ता बजारमा पर्याप्त मात्रामा तरकारी भित्रिन नसक्दा मूल्यमा दोव्बर वृद्धि भएको हो । एक हप्ताको अवधिमा बजारमा अधिकांश हरियो तरकारीको मूल्य दोव्बरले बढेको कालीबाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले पछिल्लो समयमा तरकारीको आयात नै कम हुँदा मूल्य बढ्न गएको जानकारी दिए । “लकडाउनदेखि नै बजारमा पर्याप्त मात्रामा तरकारी भित्रिन सकेको छैन,” उनले भने, “यो साता मुलुकभर आएको बाढी पहिलो कारणले तरकारीको आयात न्युन हुँदा मूल्य बढ्न गएको हो ।” लकडाउनपछि तरकारीको आयात कम भएको थियो । यतिबेला तरकारीको उत्पादनको सिजन नभएको र भएको तरकारी पनि बाढीको कारणले बजारमा भित्रिन नपाउँदा मूल्यमा सामान्य बृद्धि भएको उनको भनाइ छ । बजारमा होलसेल मूल्यको तुलनामा दोब्बर खुद्रा मूल्य कायम रहेको छ । शंखमूलकी व्यवसायी पवित्रा थापाले अधिकांश हरियो तरकारीको मूल्य बढेर आएको बताइन् । “बाढीपहिरोको कारणले बजारमा पर्याप्त मात्रामा तरकारी भित्रन नसक्दा मूल्य बढ्न गएको छ,” उनले भनिन, “राति ३ बजे उठेर गए पनि होलसेलबाट हामीलाई तरकारी पाउने मुस्किल छ ।” तरकारीको मूल्य अस्वाभाविक बढ्दा त्यसको प्रत्यक्ष असर आम उपभोक्तालाई पर्न गएको छ । सामान्य अवस्थामा कालीबाटी बजारमा ६ देखि आठ सय टन तरकारी भित्रिने गरेको लकडाउनयता कम मात्रामा तरकारी भित्रिने गरेको छ । अहिले कालीमाटी बजारमा दुई सय देखि ३ सय टन तरकारी भित्रिने गरेको छ । कालीमाटी बजारमा धादिङ, काभ्रे, मकवानपुर, चितवन, लगायतका अन्य ठाउँमा तरकारी आउने गर्छ । लकडाउनका कारण अधिकांश मानिस काठमाडौंबाहिर गएकाले खपत पनि कम भएको थियो । सरकारले लकडाउनमा अत्यावश्यक वस्तुको आयातमा रोक नलगाएपनि आयात पनि कम मात्र भएको थियो । अहिले वर्षातको समयमा तरकारीको उत्पादन नै कम हुने गर्छ । बजारमा व्यवसायीले तरकारीमा कृत्रिम अभाव देखाएर मनपरी मूल्य लिई ठगिरहेको उपभोक्ताको गुनासो छ । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेना व्यवसायीले कृत्रिम अभाव गराएर तरकारीमा दोव्बर मूल्य बढाएको बताउँछन् । बजारमा अस्वाभाविक तरकारीको मूल्य बढे पनि बजार अनुगमन गर्ने जिम्मेवारी पाएको वाणिज्य तथा आपूर्ति व्यवस्था विभागले अनुगमन नगर्दा व्यवसायीले मनपरी मूल्य लिने गरेको उनको भनाइ छ । सामान्य अवस्थामा उत्पत्यकामा आठ सय देखि एक हजार मेट्रिक टन तरकारी खपत हुने गर्छ । स्थानीय उत्पादनले माग धान्न नसकेपछि ठुलो परिणाममा छिमेकी मुलुक भारतबाट तरकारी भित्रिने गरेको छ । यता, फलफूलको मूल्य पनि बढेको छ । आँपको सिजन सकिएकाले मूल्य बढ्न गएको व्यवसायीको भनाई छ । बजारमा आयात कम हुँदा केरा र स्याउको मूल्य पनि बढन गएको व्यवसायीको भनाई छ । तरकारीको होलसेल र खुद्रा मूल्य (प्रतिकेजी) तरकारी होलसेल खुद्रा भिन्डी ६० १०० बन्दा ३८ ५० स्थानीय काउली ९५ १५० भन्टा लाम्चो ८० १२० घ्यू–सिमी ८० १५० परवर ९० १५० घिरौंला ५० ९० आलु रातो ५५ ७० बोडी ६० ११० गोलभेंडा २० ४० स्रोतः कालीमाटी बजार र स्थानीय पसल