२९ साउन, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको विभिन्न निकायमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले गरेको तालाबन्दीको विरोधमा हस्ताक्षर अभियान सुरु गरेको छ । त्रिविको केन्द्रीय कार्यालयमा आइतबार र सोमबार हस्ताक्षर संकलन गरेर कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने अनेरास्ववियु केन्द्रीय कमिटीका सचिवालय सदस्य तथा त्रिवि इन्चार्ज मदन विष्टले जानकारी दिए । […]