काठमाडौं : गोकर्णेश्वर महादेव मन्दिरमा गजुर राखिएको छ।बिहीबार गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेको उपस्थितिमा दिउँसो १ बजे मन्दिरमा सुनको जलपसहितको गजुर राखिएको महादेव मन्दिर छाना निर्माण सर्वाङ्गीण विकास समन्वय समितिका सचिव ईश्वर पाण्डेले जानकारी दिए।मन्दिर २०७२ सालको भूकम्पले क्षति पुर्याएकाे थियो। ऐतिहासिक धार्मिक महत्व बोकेको मन्दिरलाई पशुपतिनाथ मन्दिरमा जस्तै बनाउन र लेपनबाट मन्दिरलाई आकर्षक बनाउन २०७५ साल मंसिर महिनाबाट स्वर्णलेपनको काम थालिएको थियो। प्रत्येक वर्षको कुशे औँशीक