सन्दिप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतको आदेश

काठमाडौं, १८ कार्तिक । काठमाडौं जिल्ला अदालतले एक नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ। न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो । आज (शुक्रबार) दुबै पक्षको बहस सकिएको थियो । लामिछानेले भने मंगलबार नै आफ्नो तर्फबाट बयान दिएका थिए । file […]

सम्बन्धित सामग्री

आफ्नै बयान बन्यो पल शाहलाई थुनामा पठाउने आधार

न्यायाधीश हरिशचन्द्र ढुंगानाले अभिनेता शाहलाई थुनामा पठाउने आदेश दिँदा उनकै बयानलाई प्रमुख आधार मानेका छन् । शाहले ‘राति १२ बजेतिर पीडितलाई म्यासेज गरेर साथीहरुसँग खाएर बाँकी रहेको वियर लिएर पीडितको कोठामा प्रवेश गरेको’ स्वीकारेका थिए ।

इच्छाराजलाई पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश, १० जना छुटे

काठमाडौं । जिल्ला अदालत काठमाडौंले सिभिल ग्रुपका अध्यक्ष तथा एमालेका पूर्व सभासद इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । उक्त समूहका हालका अध्यक्ष केशवलाल श्रेष्ठ पनि जेल चलान भएका छन् भने पक्राउ परेका अन्य १० जना धरौटीमा रिहा भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले सिभिल सहकारी ठगी प्रकरणमा अनुसन्धान […]