बझाङ : जिल्लामा केही दिनयता हिमपातका कारण ह्वात्तै चिसो बढेपछि जयपृथ्वी नगरपालिकाका विभिन्न स्थानमा डिभिजन वन कार्यालय बझाङ, जिल्ला प्रशासन कार्यालय बझाङ र जिल्ला प्रहरी कार्यालय बझाङले स्थानीयलाई दाउरा वितरण गरेको छ।चिसोका कारण जनजीवन प्रभावित हुन थालेपछि डिभिजन वन कार्यालयले सदरमुकाम चैनपुरको लोकतान्त्रिक चौक, अदालत अगाडि, सिमखेतसहितका क्षेत्रमा वृद्धवृद्धा तथा ज्येष्ठ नागरिक र साना नानीका लागि आगो ताप्न दाउरा वितरण गरेको छ।सोमबार र मंगलबार ती क्षेत्रहरूमा डिभिजन वन कार्यालयले संकलन गरेक