जलजला : ९ कक्षाबाट बाली विज्ञान अध्ययन गर्ने विद्यार्थीलाई नियमित छात्रवृत्ति

पर्वत : जिल्लाको जलजला गाउँपालिकाले प्राविधिक धारतर्फ बाली विज्ञान विषयको अध्ययन गर्ने विद्यार्थीलाई नियमित रूपमा आर्थिक सहयोग गर्ने भएको छ।शैक्षिक विकास र शैक्षिक गुणस्तरका लागि विभिन्न योजनाहरू प्रयोग गरिरहेको गाउँपालिकाले सामुदायिक शिक्षालाई गुणस्तरीय, प्रविधियुक्त र समयानुकूल शिक्षा प्रदान गर्नको लागि यो सुविधा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताए।उनका अनुसार आधारभूत तहअन्तर्गत कक्षा आठ उत्तीर्ण गरेपछि कक्षा नौ मा बाली विज्ञान विषयमा भर्ना भएका विद्यार्थीलाई वार्षिक ३६ ह