सार्वजनिक सवारी साधनको भाडा बढ्यो

सरकारले आजदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनमा देशभर लागू हुने गरी नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मनत्रालय मातहतको यातायात व्यवस्था विभागले देशभर नयाँ...

सम्बन्धित सामग्री

काठमाडौँसहित बागमती प्रदेशमा चल्ने छोटो दूरीका सवारीसाधनको भाडा बढ्यो, अब कति ?

आजबाट काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा चल्ने छोटो दूरीका सवारी साधनको भाडा बढेको छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले वैशाख १ बाट लागू हुने गरी सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढाएको थियो । बैशाख १ गते नयाँ वर्षको बिदा भएकाले खासै सवारी साधन चलेनन् । त्यसकारण आज २ गतेबाट भाडा पूर्ण रुपमा लागू भएको हो ।नयाँ भाडादर अनुसार अब यात्रुले सवारीसाधन चढ्ने वित्तिकै २० रुपैयाँ तिनुपर्ने भएको छ ।५ किलोमिटरसम्मको दूरीमा यात्रुले २० रुपैयाँ तिर्नुपर्नेछ भने २० किलोमिटरभन्दा माथिको दूरीमा ३८ रुपैयाँ तोकिएको छ । यसअघि ५ किलोमिटसम्मको भाडादर १८ रुपैयाँ थियो । २० किलोमिटरभन्दा धेरैको दूरीमा ३ रुपैयाँ भाडा बढाईएको छ । नयाँ भाडादर अनुसार सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुले ५ किलोमिटरसम्म २० रुपैयाँ, ६ देखि १० किलोमिटरसम्म यात्रा गर्दा २५ रुपैयाँ, ११ देखि १५ किलोमिटरसम्म यात्रा गर्दा ३० रुपैयाँ, १६ देखि २० किलोमिटरसम्मको यात्रामा ३३ रुपैयाँ र २० किलोमिटरभन्दा बढीको यात्रामा ३८ रुपैयाँ तिर्नुपर्नेछ ।मिटर ट्याक्सीको प्रति २०० मिटर भाडा १० रुपैयाँ बनाइएको छ । प्रतिक्षा शुल्क प्रतिमिनेट १.२० रुपैयाँ तोकिएको छ । सूचीः

गण्डकीमा गाडी भाडा बढ्यो, व्यवसायीसँग सहमतिपछि मात्रै लागू गरिने

४ माघ, पोखरा । गण्डकी सरकारले सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडादर बढाएको छ । मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले भाडादर बढाउने निर्णय भएको जानकारी दिएका हुन् । भौतिक पूर्वाधार, शहरी विकास तथा यातायातमन्त्री समेत रहेका प्रवक्ता खड्काले प्रदेशमा २३ प्रतिशतसम्म भाडा समायोजन गरेको जानकारी दिए । उनका अनुसार लामो […]