ताप्लेजुङ गोल्डकप भदौ ३ देखि १० सम्म, पुरस्कार राशि वृद्धि

मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आयोजक जिल्लाको तर्फबाट संघर्ष स्टार्टिङ क्लब उकाली पानीले सहभागिता जनाउने छ । उस्ले जिल्लामै क्रियाशील खेलाडीलाई मैदान उतार्ने तयारी गरेको छ । पाहुना टिमको रुपमा पाँचथर फुटबल क्लब पाँचथर, सगरमाथा स्पोर्टिङ क्लब मोरङ, सलहेस युथ क्लब सिराहा, त्रिभुवन आर्मी क्लब काठमाण्डू, बुटबल लुम्बिनी एफ सि क्लव, कञ्चनजंगा फुटबल क्लब सिलगुडी भारत र झापाको एक टिम रहने छन् ।

सम्बन्धित सामग्री

ताप्लेजुङ गोल्डकपको पुरस्कार राशि वृद्धि

आउँदो भदौ ३ देखि १० गतेसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको पुरस्कार राशि वृद्धि गरिएको छ। सदरमुकाम फुङ्लिङमा आयोजना हुने ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशि यसवर्ष वृद्धि गरिएको हो।