हेलिकप्टर दुर्घटनापछि माडागास्करका मन्त्रीले समुद्रमा पौडिए १२ घन्टा (भिडियो)

अफ्रिकी मुलुक माडागास्करका एक मन्त्री समुद्रमा १२ घन्टा पौडी खेलेर सुरक्षित स्थानमा पुगेका छन् । उनी चढेको हेलिकप्टर दुर्घटनामा परेर समुद्रमा खसेपछि उनी लामो समय पौडिन बाध्य भएका हुन् ।  प्रहरी मामिलासम्बन्धी मन्त्री सर्ज गेले देशको उत्तरपूर्वी तटमा जहाज डुबेपछि फसेका मानिसको उद्धारमा सहभागी थिए ।  उक्त जहाज दुर्घटनामा ६४ जनाको मृत्यु भएको छ । त्यस मालवाहक जहाजमा १३० जना यात्रुहरू अवैध तरिकाले चढेका थिए । हिन्द महासागरमा सोमवार उक्त जहाज डुबेको थियो । पछि अधिकारीहरूले थप २५ वटा मृत शरीर सेन्टे मारी टापुस...