काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको अर्थतन्त्रलाई गुणात्मक परिवर्तन ल्याउने योजना भएको बताएका छन् । निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि छुट्याइएको क्षेत्रको निरीक्षणमा प्रधानमन्त्री शेरबहादुर देउवासँगै सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू शनिबार बिहान बारा पुगेका थिए । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि धेरै छलफल र अध्ययनपछि छनोट गरिएको दाहालको भनाइ थियो […]