नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकमा नेकपा एमालेले भ्रम छर्ने काम गरेको बताएका छन् । ओली सरकारले अध्यादेशमार्फत ल्याएको विधेयक नै अहिले सदनमार्फत ल्याउँदा राष्ट्रघात भयाे भन्दै प्रचार गरेको प्रचण्डको आरोप छ । भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा प्रचण्डले भने -'आमाबुबा दुबै नेपाली नागरिक भएकाको छोराछोरीले नागरिकता पाउने व्यवस्था यो विधेयकमा छ । तर विदेशीलाई नागरिकता दिन खोजियो भनेर भ्रम छर्ने काम भएको छ । यसप्रति सम्पूर्ण नागरिक सचेत ह