काठमाडौं, असार २१ । नवविवाहित नायिका निशा अधिकारीले ‘हनिमुन’ मनाउन नपाउँदै एउटा समाचारको झन्झट ब्यहोर्नुपरेको छ । दाम्पत्य जीवनमा प्रवेश गरेको एक साता नबित्दै उनको बारेमा जनआस्था साप्ताहिक पत्रिकामा प्रकाशित एउटा समाचारका कारण प्रेस विज्ञप्ति नै निकाल्नु परेको छ ।