संक्रमितको उपचारमा हात उठाउँदै अस्पतालहरू, नागरिक बचाउने दायित्व कसको ?

काठमाडौं । नेपालमा कोभिड संक्रमितको संख्या उच्च भएपछि पछिल्लो दुई सातायता अक्सिजनको चरम अभाव  भएको छ । पछिल्लो समय अस्पताल पुग्नेहरूमध्ये ९५ प्रतिशत संक्रमित अक्सिजनको भरमा राख्नुपर्ने भएपछि देशभर अक्सिजनको अभाव भएको हो ।  काठमाडौं उपत्यकामा मात्रै दैनिक १५ हजार अक्सिजन सिलिन्डरको माग हुन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयको तथ्यांक छ...