समानुपातिकतर्फको जारी मत गणना अन्तिम चरणमा पुग्दा नेकपा एमाले प्रतिनिधि सभासहित ६ वटा प्रदेशमा पहिलो पार्टी बनेको छ । मधेस प्रदेशमा भने दोस्रो स्थानमा छ । प्रतिनिधिसभाको समानुपातिकको ८८ लाख मत गनिसक्दा नेकपा एमालेले २४ लाख २१ हजार मत कटाएर पहिलो पार्टी बनेको हो भने नेपाली कांग्रेस २३ लाख २ हजार मतसहित दोस्रो स्थानमा छ । त्यसैगरी प्रदेशतर्फको समानुपातिकको प्रदेश १ मा १४ लाख २० हजार मत गनिसक्दा ४ लाख ८९ हजार मत कटाएर पहिलो स्थान बनाएको छ । यो प्रदेशमा कांग्रेसले ४ लाख १८ हजार मत कटाएर एमालेला