नदीजन्य पदार्थको चोरी निकासी बढ्यो, प्रशासन मौन

मकवानपुरका विभिन्न खोलानालामा नदीजन्य पदार्थ (ढुंगा, गिटी बालुवा)को चोरी निकासी बढे पनि सरोकारवाला निकाय भने मौन छ । दिउँसो तथा रातिको समयमा खोलामा एक्जाभेटर नै लगाएर नदीजन्य पदार्थ उत्खनन् गरी तस्करी हुने गर्दा पनि प्रहरीले त्यसलाई रोक्न चासो देखाएको छैन ।मकवानपुरको मनहरी खोला, राप्तीखोला, कुखरेनी खोलालगायतका खोलाबाट नदीजन्य पदार्थ चोरी निकासी हुने गरेको पाइएको छ […]