अनलाइन शिक्षाका लागि बालबालिकालाई स्मार्टफोन सहयोग

म्याग्दी । अभिभावकविहीन बालबालिकाको अनलाइन कक्षा प्रभावकारी बनाउन स्मार्टफोन सहयोग गरिएको छ । नेपाल बाल संगठन म्याग्दीद्वारा सञ्चालित बालगृहमा रहेका बालबालिकालाई अनलाइन कक्षाका लागि स्मार्टफोन प्रदान गरिएको हो । कोरोनाको दोस्रो लहरसँगै भौतिक रूपमा विद्यालयमै उपस्थित भएर पढ्न नपाएका बालबालिकालाई स्वदेश तथा विदेशमा रहेका म्याग्देलीले स्मार्टफोन उपलब्ध गराएपछि अनलाइन कक्षा सञ्चालनमा सहज भएको छ । हालै आयोजित कार्यक्रममा बेनी नगरपालिका–७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बालबालिकालाई सहयोग हस्तान्तरण गरेका थिए । बालबालिकाको अनलाइन कक्षा थप व्यवस्थित बनाउन स्मार्टफोनले सहज हुने उनको भनाइ छ । सबै विद्यार्थीलाई तत्काल ल्यापटप र कम्प्युटरको ब्यवस्थापन गर्न कठिनाइ भएपछि स्मार्टफोनबाटै कक्षा सञ्चालनको वातावरण बनाइएको नेपाल बाल संगठन म्याग्दीका अध्यक्ष राजेश शाक्यले बताए । ‘अनलाइन कक्षाको अवधिसम्म मात्रै विद्यार्थीको हातमा मोबाइल हुन्छ, अन्य समयमा मोबाइल प्रयोग गर्न दिँदैनौं, यो सहयोगले बालबालिकालाई पठनपाठनमा सहज हुनेछ,’ अध्यक्ष शाक्यले भने । स्मार्टफोन प्रतिसेट १५ हजार ५०० रुपैयाँ बराबरको रहेको बताइएको छ । बालगृहमा रहेका सबै १२ जना बालबालिकालाई स्मार्टफोन उपलब्ध गराइएको छ । बालगृहमा गुणस्तरीय इन्टरनेटको सुविधा रहेको छ । स्मार्टफोनको सुविधाले अनलाइन कक्षाका लागि विद्यार्थी समेत उत्साहित भएका छन् । बालगृहमा रहेका बालबालिकाको शैक्षिक क्षमता बढाउने अभ्यासका लागि थप योजना समेत बनाइएको छ । बालगृहमा अध्ययनरत बालबालिकालाई अनलाइन कक्षाबाहेक अतिरिक्त क्रियाकलापका लागि कार्ययोजना बनाइएको सचिव सन्दीप खत्रीले बताए । अनलाइन कक्षामार्फत पठनपाठनका लागि बिहान, दिउँसो र बेलुका कार्यतालिका लागू गरिएको छ ।

सम्बन्धित सामग्री

शिक्षाका लागि विदेशिने रकम दोब्बरले बढ्यो

३० असोज, काठमाडौं । शिक्षाका लागि नेपालबाट विदेशिने रकम दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन–भदौ)मा शिक्षाका लागि मात्र २३ अर्ब ३३ करोड रुपैयाँ विदेशिएको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा झण्डै दोब्बर हो । सो वर्ष शिक्षाका लागि भदौंसम्म १२ […]

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा आईतबार सेमिनार हुँदै

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा १ दिने सेमिनार आयोजना हुने भएको छ । काठमाडौं विश्वविद्यालय, एड चेन्ज नेपाल र निमा एकेडेमीको संयुक्त आयोजनामा आईतबार प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयक सेमिनार हुन लागेको हो ।  आउँदो आईतबार दिउँसो ३ बजेदेखि सञ्चालन हुने सेमिनारमा प्रगतिशिल शिक्षाका विभिन्न विषयमा छलफल हुनेछ ।  ज्ञानेश्वरमा आयोजना हुने...

शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह तयारी

काठमाडौँ, १४ जेठ । शिक्षामा कार्यरत संस्थाअन्तर्गत शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले यही जेठ १५ गतेदेखि १९ गतेसम्म शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह नेपालमा पनि मनाउने तयारी गरेको छ । ‘डिकोलोजाइसेन एजुकेशन फाइनान्सिङ नाउ’ भन्ने मूल नाराका साथ मनाउन लागिएको यो कार्यसप्ताह नेपालसहित विश्वभरका एक सय ५० भन्दाबढी देशमा मनाउन लागिएको हो । एनसिइ नेपालका […]

शिक्षाका लागि २९ अर्ब विदेशियो

वैदेशिक रोजगारीमा गएका नेपालीले अर्बौं रूपैयाँ रेमिटेन्स पठाए पनि शिक्षाका लागि विदेशिने नेपालीले विदेश लैजाने रकम दोब्बरले बढेको छ।...

शिक्षाका लागि २९ अर्ब विदेशियो

वैदेशिक रोजगारीमा गएका नेपालीले अर्बौं रूपैयाँ रेमिटेन्स पठाए पनि शिक्षाका लागि विदेशिने नेपालीले विदेश लैजाने रकम दोब्बरले बढेको छ।...

मतदाता शिक्षाका लागि महिला स्वास्थ्य स्वयंसेविकालाई खटाइने

निर्वाचन आयोगले महिला स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षाका लागि घरदैलोमा पठाउने भएको छ। मतदाता शिक्षा सामग्रीसहित जिल्ला निर्वाचन अधिकृतको कार्यालयले स्थानीय तहमार्फत् प्रत्येक वडामा एक महिला स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा कार्यकर्ता तोकेर...

आयोगले यस वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान सञ्चालन नगर्ने

काठमाडौँ । निर्वाचन आयोगले यस वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान सञ्चालन नगर्ने भएको छ । अघिल्ला निर्वाचनमा मतदाता शिक्षाका लागि गरिएको घर दैलो अभियान प्रभावकारी नभएको भन्दै आयोगले यस वर्ष त्यो काम नगर्ने जनाएको हो । मतदाता शिक्षाका लागि खटाइएकाहरु कुनै न कुनै राजनीतिक दल वा उम्मेदवारसँग निकट हुने र उनीहरुले मतदातालाई प्रभाव पार्न […]

शिक्षाका समस्या सुल्झाउँदै जानुपर्छ : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षाका समस्यालाई सुल्झाउँदै जानुपर्ने बताएका छन् । संस्थागत विद्यालय अभिभावक सङ्घका पदाधिकारीसँगको भेटमा उनले सो कुरा बताएका हुन् ।मन्त्री पौडेलले शिक्षाका समस्या, गुनासो महासङ्घबाटै एकै पटक आएर छलफल गर्दा उपयुक्त हुने बताए । उनले शिक्षाको विकासमा सबै लाग्नुपर्नेमा पनि जोड दिए ।सो अवसरमा संस्थागत विद्यालय अभिभावक सङ्घका अध्यक्ष सुवास […]

शिक्षाका साझा सूचीमा समीक्षा हुनुपर्छ: सभापति देउवा

शिक्षाका विषयमा संविधानमा व्यवस्था कार्यान्वयन हुँदा पनि समस्या समाधान नभएकाले समीक्षा गर्नु जरुरी रहेको सभापति देउवाले बताए।