तराई मधेश तथा थरूहट आन्दोलनका क्रममा भएका हिंसाका घटना छानबिन गर्नका लागि गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सत्तारुढ गठबन्धन सहमत भएको छ ।
सरकार सञ्चालनका लागि तयार गरिएको साझा कार्यक्रममा उक्त कुरा समावेश गरिएको छ।
'लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने । तराई मधेसमा भएका विभिन्न आन्दोलनको बेला लगाइएका मुद्दाहरूको पुनरवलोकन गरी अन्यायपूर्वक बन्दी बनाइएकाहरू रिहाइ गर्ने,' उल्लेख गरिएको छ।
पुष्पकमल दाहाल नेतृत्वको सरकारमा गृहमन्त्री रहेका विमलेन्द्र निधिले मधेश आन्दोलनका क्रममा राज्य तथा आन्दोलनकारी पक्ष...