८ महिनामा १८ हजारभन्दा बढीको आँखा जाँच

चन्द्रौटा : कपिलवस्तुको बहादुरगञ्जमा रहेको छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालले ८ महिनामा  १८ हजारभन्दा बढीको निःशुल्क आँखा जाँच गरेको छ।आँखा अस्पतालले चालू आबको फागुनसम्म १८ हजार ६१६ जनाको निःशुल्क आँखा जाँच र २ हजार ४२९ जनाको निःशुल्क मोतीबिन्दुको शल्यक्रिया गरेको छ।नेपाल नेत्र ज्योति सङ्घ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जअन्तर्गत सञ्चालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालको नियमित कर्मचारी बैठकबाट यो तथ्याङ्क बाहिर ल्याएको हो।बैठकमा अस्पतालको चालू आब ०७९/