भारतीय हस्तकला मेलामा नेपाली सामान प्रदर्शन हुने

काठमाडौँ– नेपाल हस्तकला महासङ्घले भारतीय हस्तकला मेलामा नेपाली हस्तकलाका सामग्री प्रदर्शन गर्ने भएको छ । भारतीय एक्जिम बैंकको आयोजनामा आगामी भदौ १८ गतेदेखि २१ गतेसम्म हस्तकला एकेडेमी नयाँदिल्लीमा हुन लागेको एक्जिम बजार प्रदर्शनीमा नेपाली हस्तकला प्रदर्शन गर्न लागिएको हो । महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले मेलामा नेपाली परम्परागत तथा समकालीन हस्त एवं शिल्पकला प्रदर्शनमा राखिने जानकारी […]