प्रदेश प्रमुखको पँजनी : ओलीलाई खुशी पार्दा जसपा रिसायो

काठमाडौं – गत फागुन २१ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको साथ छाडेर एमालेसँग नयाँ गठबन्धन बनाए । दाहालले विश्वासको मत लिनसम्म भ्याएका थिएनन्, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गृहनगर दमककी सुमित्रा सुवेदी भण्डारीलाई राजनीतिक नियुक्ति दिलाउन हतार भयो । आफ्नो गृहनगरकी पार्टी कार्यकर्ता सुमित्रालाई ओलीले ‘बम्पर उपहार’ स्वरुप ०७८ सालमै डेनमार्कको राजदूतमा सिफारिस गरेका […]