अर्थमन्त्रीलाई मेरुदण्ड पक्षघात समूहले दियो धन्यवाद

काठमाडौं : बजेटमा दीर्घरोगीको उपचारका लागि मासिक भत्ता व्यवस्था गरिएकोमा मेरुदण्ड पक्षघात समूह नेपालले अर्थमन्त्री जनार्दन शर्मालाई धन्यवाद दिएको छ। आइतवार अर्थ मन्त्रालयमा मन्त्री शर्मालाई भेटी समूहले धन्यवाद दिएको हो। प्रतिस्थापन विधेयकमार्फत उक्त व्यवस्था गरिएको हो।भेटमा मन्त्री शर्माले सबै नागरिकको अभिभावक राज्य भएकाले दायित्वबोधका साथ मासिक उपचार खर्चको व्यवस्था बजेटमा गरिएको बताए। उनले केही दिनभित्रै सरोकारवाला निकाय तथा समूहसँग बसेर कार्यविधि बनाई तत्काल कार्यान्वयनमा लैजाने समेत आश्वासन