एमाले महाधिवेशनको सुरक्षामा एआईजी थापालाई खटाउने निर्णय

नेकपा एमालेको दशौं महाधिवेशनको सुरक्षामा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को नेतृत्वमा प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ । प्रहरी प्रधान कार्यालयले एआईजी सहकुल थापालाई महाधिवेशनको सुरक्षामा खटाउने निर्णय गरेको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले रातोपाटीलाई बताए । एमालेको दशौं महाधिवेशन मंसिर १० मा शुरु हुँदैछ । राष्ट्रिय महाधिवेशनको सुरक्षामा नेपाल प्रहरी बाहेक सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पनि खटिनेछन् । सशस्त्र प्रहरीले गण नम्बर–१७ का गणपति दिपक थाप