खोटाङ : खोटाङ जिल्ला कोरोना भाइरस (कोभिड–१९) मुक्त बनेको छ। बुधबारसम्म एकजना संक्रमित रहेकोमा बिहीबार उक्त संक्रमित निको भएसँगै खोटाङ कोरोना भाइरस मुक्त जिल्ला बनेको हो। बिहीबार जिल्लाका विभिन्न ठाउँका १५ जना शंकास्पद व्यक्तिमा एन्टिजेन परीक्षण गर्दा उनीहरू कसैमा पनि संक्रमण पुष्टि नभएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ।जिल्लामा अहिलेसम्म ३ हजार ५७ जनामा कोरोना भाइरस पुष्टि भएको छ भने संक्रमणकै कारण १५ जनाको ज्यान गएको छ।जिल्ला संक्रमणमुक्त भए पनि नेपालमा कोरोनाको नयाँ