काठमाडौं : भारतमा मोर्डनाको कोरोना विरुद्धको खोप आपतकालिन प्रयोगका लागि एक कम्पनीलाई आयात अनुमति दिइएको छ। भारतको औषधि नियन्त्रक संस्था (डीसीजीआई)ले मुम्बइस्थित औषधि कम्पनी सिपलालाई आपतकालिन प्रयोगका लागि मोर्डना खोप आयात गर्न अनुमति दिएको हो। मोर्डनाको खोप भारतमा कोरोनाविरुद्ध प्रयोगका लागि अनुमति दिइएको चौथो खोप हो।भारतमा यसअघि, अक्सर्फोड एस्ट्रजेनेकाले विकास गरेको र भारतीय खोप उत्पादक कम्पनी सेरमले उत्पादन गरेको खोप कोभिसिल्ड, भारतमै बनाइएको कोभ्याक्सिन र रसियन खोप स्पुतनिक भीलाई आप