१५ वर्षपछि उरुग्वेले किन हटायो विश्व कीर्तिमानी फुटबल प्रशिक्षक ताबारेजलाई?

उरुग्वेको फुटबल संघले केही दिन अघि सिनियर राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक ओस्कार ताबारेजलाई बर्खास्त गरिएको निर्णय सार्वजनिक गर्‍यो। उनी १५ वर्षदेखि लगातार उरुग्वेको सिनियर राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रहेका थिए। कुनैपनि देशको सिनियर राष्ट्रिय टोलीलाई सबैभन्दा बढी खेलमा प्रशिक्षण गर्ने विश्व कीर्तिमान समेत बनाएका थिए ताबारेजले यसबीचमा। तर जारी कतार विश्वकपको महादेशीय छनोटमा उरुग्वेको लगातार […]