प्रधानमन्त्री र राष्ट्रपति मिलेर संविधानमाथि घोर जालसाजी भयोः पौडेल

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री र राष्ट्रपति मिलेर संविधानमाथि घोर जालसाजी गरेको बताएका छन्। कांग्रेस पदाधिकारी बैठकबाट बाहिरिँदै उनले प्रधानमन्त्रीले राजीनामा नगरी थेरै समय दिएर सरकार गठनका लागि समय दिनु गम्भीर भएको बताए। “यसविरुद्धमा एक भएर उभिन्छौं। संविधान बचाउनका लागि सबै पार्टीसँग कुरा गर्छौ र ठोस कदम चाल्छौं’, उनले भने।

सम्बन्धित सामग्री

प्रधानमन्त्री वा राष्ट्रपति नपाए प्रतिपक्षमा बस्ने माओवादीको निर्णय

काठमाडौं, १० पुष । नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री र राष्ट्रपति दुईमध्ये एक पनि नपाए गठबन्धन छोडेर प्रतिपक्षमा बस्ने निर्णय गरेको छ । आज (आइतबार) अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले दुवै पदमध्ये एक पनि नपाएको अवस्थामा प्रतिपक्षमै बस्ने निर्णय गरेको एक नेताले जनाए । उनकाअनुसार पहिलो चरणको प्रधानमन्त्रीमा माओवादीको दाबी यथावत छ । […]

प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले लिए माओवादी प्रतिपक्षमा बस्ने

प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले लिए नेकपा (माओवादी केन्द्र)  प्रतिपक्षमा बस्ने भएको भएको छ । आज बिहान खुमलटारमा बसेको पदाधिकारी बैठकले राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसले लिएमा प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्ने निर्णय गरेको हो ।नेपाली कांग्रेसका सभापति एवम् प्रधामन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चुनाव लगतै प्रचण्डलाई प्रधानमन्त्री बनाउने समझदारी भएको थियो । तर, अहिले राष्ट्रपति र प्रधानमन्त्री दुबै कांग्रेस बन्न खोजे सरकारमै

देव गुरुङ जंगिए– माओवादी प्रधानमन्त्री र राष्ट्रपति हुन किन नसक्ने ?

काठमाडौं, ७ पुस । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले प्रधानमन्त्री र राष्ट्रपति दुवै पदमा आफ्नो पार्टीको दाबी भएको बताएका छन् । ‘राष्ट्रपतिले संविधानको ७६(२) अनुसार नयाँ सरकार बनाउन पुस १० सम्मको समयसीमा दिनुभएको छ । अब चार दिन बाँकी छ । यस विषयमा गठबन्धन दलहरुबीच छलफल होला । सरकारको नेतृत्व शक्ति सन्तुलनका हिसाबले […]

प्रधानमन्त्री भन्दा राष्ट्रपति को बन्ने भन्ने महत्वपूर्ण छ : महामन्त्री शर्मा

२ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले प्रधानमन्त्री भन्दा पनि राष्ट्रपति को बन्ने भन्ने विषय महत्वपूर्ण रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अहिले गठबन्धनबाट प्रधानमन्त्री बन्ने भएकाले दुई वर्षलाई मात्र हुने बताए । ‘अहिले प्रधानमन्त्री को बन्ने भन्ने विषय जति महत्वपूर्ण छ, त्यो भन्दा धेरै महत्वपूर्ण विषय राष्ट्रपतिको […]

प्रचण्डसँगको छलफलपछि प्रधानमन्त्री देउवा राष्ट्रपति निवासमा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । राष्ट्रपति भण्डारीलाई भेट्न जानुअघि प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका थिए । प्रधानमन्त्री देउवाले नागरिक विधेयकको विषयमा छलफल गर्ने बालुवाटार स्रोतले जनाएको छ । संसद्ले नागरिकता विधेयक दोस्रो पटक पनि पारित गरेको प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा […]

प्रधानमन्त्री देउवाद्वारा राष्ट्रपति भण्डारीसँग भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।  राष्ट्रपति भवन शीतलनिवासमा शुक्रवार मध्यान्ह भेटवार्ता भएको हो । प्रधानमन्त्री निवास स्रोतले यो भेटवार्तालाई नियमित भनेको छ ।  देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको र शपथका लागि राष्ट्रपतिलाई आग्रह गरेको स्रोतले बतायो । देउवाले शुक्रवार मन्त्रिपरिषद्लाई पूर्णता दिएर आजै मन्त्रीहरूको शपथ गराउने तयारी गरेका छन् ।  असार २९ गते प्रधानमन्त्रीको शपथ लिएलगत्तै देउवाले ४ जना मन्त्री समावेश गरेर सानो आकारको मन्त्रिमण्डल बनाएका थि...

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। शुक्रबार साँझ प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए।

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति भण्डारीसँग परामर्श

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधवार भेटवार्ता गरेका छन् ।  राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान १० बजेपछि झण्डै २ घण्टा भेटवार्ता चलेको बालुवाटार स्रोतले बतायो । भेटवार्ता नियमित भएको स्रोतको दाबी छ । राष्ट्रपति भण्डारीले राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने इच्छा व्यक्त गरेको कुरा प्रकाशमा आएको थियो । बिहीवारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपतिले सम्बोधन गर्न चाहेको कुरा जानकारी गराएका थिए ।

प्रधानमन्त्री पुगे राष्ट्रपति निवास

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भवन शीतलनिवास गएका छन्। मन्त्रिपरिषद्को बैठकलगत्तै उनी शीतल निवास गएका हुन्। सरकारले आजैदेखि संसद्को विशेष अधिवेशन अन्त्यका लागि सिफारिश गर्ने निर्णय गरेको थियो।