प्रहरीले चलाएको गोलीबाट युवकको मृत्यु घटनालाई लिएर उनका आफन्त र नगरवासीले तेस्रो दिन पनि निजगढमा प्रदर्शन जारी राखेका छन् । घटनाको छानबिनसहित गोली हान्ने सुरक्षाकर्मीमाथि कारबाही गर्नुपर्ने, मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने, मुख्यमन्त्री र मेयरले राजीनामा दिनुपर्ने लगायत माग राखी उनीहरूले पूर्व–पश्चिम राजमार्गको निजगढ खण्डमा प्रदर्शन गरिराखेका छन् ।