नर्स पलायनले घानाको स्वास्थ्य क्षेत्रमा संकट

कमजोर आर्थिक अवस्था भएका देशबाट उच्च आय भएका राष्ट्रमा नर्सहरूको पलायन नियन्त्रण बाहिर हुँदै गएको नर्सहरूको अन्तर्राष्ट्रिय संगठन आईसीएनले जनाएको छ । आईसीएनले अफ्रिकी देश घानाको उदाहरण दिँदै आर्थिक अवस्था कमजोर भएका देशबाट ठूलो संख्यामा नर्सहरू विकसित देशहरूमा गइरहेको बताएको हो ।

सम्बन्धित सामग्री

बेलायतको इतिहासमै पहिलो पटक दशौं हजार नर्स हडतालमा

दशौं हजार नर्सहरूले बिहीबार इङ्गल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डमा हडताल थालेका छन् । यो बेलायती राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)को इतिहासमै पहिलो पटक यस सेवा क्षेत्रमा उत्पन्न सबैभन्दा ठूलो संकट हो ।

वीपी प्रतिष्ठानमा सेवा सुविधाको माग गर्दै स्टाफ नर्स आन्दोलित

जेठ ९, धरान । एकातिर प्रमुख पदाधिकारीहरु कमिशनको खेलमा तानातान छन्, अर्को तिर कोरोना संक्रमित बिरामीहरुसँग प्रत्यक्षरुपमा सेवा दिइरहेका नर्सहरु सेवा सुविधाको माग गर्दै आन्दोलित भइरहेका छन् धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ।  कुर्सीमा बसेर भ्रष्टाचार गर्न अनेक बहाना खोज्ने प्रमुख पदाधिकारीहरु प्रतिष्ठानको सेवा सुविधा लिएर बसेका छन्, त्यही बिरामीको प्रत्यक्ष सेवामा दिनरात काम गरिरहेका नर्सहरु तलब, भत्ता सहित सेवा सुविधाको माग गरिरहेका छन् । आइतवार नर्सहरुको टोलिले प्रतिष्ठानका प्रमुख ४ पदाधिकारी सहित मेट्रोनलाई ७ बुँदे मागपत्र बुझाएका छन् ।  प्रतिष्ठानका कर्मचारीलाई आर्थिक संकट देखाउँदै पदाधिकारीहरु भने आर्थिक अनियमिततामा लागेका छन् । प्रतिष्ठानका उपकुलपति र रजिष्टर्डले कमिशन आउने कामहरुमा आफूखुशी खर्च गर्ने तर कर्मचारीहरुलाई चै संकट देखाउने गरेको कर्मचारीहरु बताउँछन् । केही दिन अघि चिकित्सकहरुले समेत तलब नपाउँदा काम नै रोक्न खोजेका थिए ।  कोभिड अस्पतालमा बिरामीका लागि ज्यान नै जोखिममा राखेर काम गरिरहेका स्टाफ नर्सहरुलाई तलब नपाए पनि जबरजस्ती काम गर्न दबाब दिइरहेको छ । उनीहरुले अघिल्लो वर्ष बढेको तलब समेत पाउन सकेका छैनन् भने सरकारले नै दिएको जोखिम भत्ता पनि नपाएको गुनासो गरेका छन् । उनीहरु भन्छन्, ‘५० प्रतिशत मात्रै तलब पाउछ भन्छ तर कोभिडमा ड्युटीचै खटाइरहेको छ ।’ अघिल्लो वर्ष कोरोनाको महामारी देखि नै बढेको तलब हालसम्म नआएको कोभिड अस्पतालमा कार्यरत एक नर्सले बताइन् । उनले भनिन्, ‘आर्थिक वर्ष सकिन लागिसक्यो, अहिलेसम्म तलब दिएको छैनन्, पोहोरको पनि कसैले ४० प्रतिशत मात्रै तलब पाएका छन् ।’ प्रतिष्ठानमा आर्थिक संकटमा छ भन्दै फर्काउने गरेको उनीहरुको गुनासो छ । उनीहरु भन्छन्, ‘प्रतिष्ठानका पदाधिकारीहरुले महीना पुग्ने बित्तिकै तलब लिन्छ, हामीलाई चै आलटाल गरिरहेका छन् ।’ कोभिड अस्पतालमा ड्युटी गरिरहेका स्टाफ नर्सहरुलाई स्वास्थ्य सुरक्षाका सामग्री सहित बढेको तलब र भत्ता यही महीना भित्र पाउनुपर्ने माग गरेका छन् ।

‘अस्पतालले भीड नियन्त्रण गर्न सक्दैन, नर्स र डाक्टर संक्रमित हुन थालिसके’

पछिल्लो समय काठमाडौंका अस्पतालहरुमा खोप लगाउनेहरुको भिडभाड अत्यधिक बढेको छ । खोप लगाउनेहरू मात्रै होइन, कोरोनाबाट संक्रमित भएर अस्पताल जाने बिरामीहरुले बेडसमेत पाउन छाडेका छन् ।कोरोनाको लक्षण देखिनासाथ अस्पताल जान आग्रह गरिरहेको सरकारले समयमै उचित व्यवस्थापन गर्न नसकेमा संकट राज्यको नियन्त्रणबाट बाहिर जाने चिकित्सकहरुले चेतावनी दिन थालेका छन् ।यसै सन्दर्भमा हामीले निजी अस्पतालका रुपमा रहेको चाबहिलस्थित ओम अस्पतालका मेडिकल डाइरेक्टर डा. हरिश जोशीसँग अस्पतालमा देखिएको भिडभाड र स्वास्थ्य संस्थाहरुल