सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्कासहित २४ जनालाई कोरोना पुष्टि भएको छ । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार खड्का, मुख्य रजिष्ट्रार लालबहादुर कुँवरसहित २४ जनालाई कोरोना पुष्टि भएको छ ।त्यसैगरी कोरोना लागेको आशंकामा आइतबार मात्रै ३० जना कर्मचारीले परीक्षण गराएका छन् । उनीहरूमध्ये अधिकांशमा कोरोनाको लक्षण देखिएको प्रवक्ता दाहालले बताए । न्यायाधीश, मुख्य रजिष्ट्रारसहित कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सर्वोच्चको दैनिक कामकाज प्रभावित बनेको छ । प्रवक्ता दाहालका अनुसार को