अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्न सकने संकेत गरेका छन् ।
आफूले उक्त निर्वाचन जितेमा पोहोर साल क्यापिटोल हिलमा भएको हिंसाका आरोपितहरूलाई माफी गरिदिने उनको कथन छ ।
टेक्ससमा शनिवार आयोजित सभामा उनले संसद् भवनमा आक्रमण गर्नेहरूसँग उचित व्यवहार गर्ने र क्षमा दिनुपर्नेलाई दिने बताए ।
स्पष्ट रूपमा आफूले चुनाव लड्ने नभने पनि ट्रम्पले बेलाबेलामा त्यसको संकेत दिने गरेका छन् ।
पोहोर साल ट्रम्पका समर्थकहरूले संसद् भवनमा आक्रमण गर्दै बाइडनको जीतलाई ...