काठमाडौं । सांसद आशाकुमारी विकले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग्नुभएको छ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद विकले देशभर बलात्कारका घटना र थुनामा रहेका कैदीको रहस्यमय मृत्यु भएका घटनाले देशमा शान्ति सुरक्षा कायम हुन नसकेको भन्दै तत्काल गृहमन्त्री खाणले राजीनामा दिनुपर्ने स्पष्ट गर्नुभयो । ‘बलात्कार र हिंसाका घटना टुलुटुली हेरेर बस्ने गृहमन्त्रीले […]