ड्युटीको विवादमा बीएसएफ जवानद्वारा ४ जना साथीको हत्यापछि आत्महत्या

ड्युटीलाई लिएर विवाद हुँदा पञ्जाबको अमृतसर जिल्लामा रहेको बीएसएफ (सीमा सुरक्षा बल) मुख्यालयमा आइतबार बिहान एक जवानले मेसमा अन्धाधुन्ध  गोली चलाउँदा ४ जवानको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् । सोही क्रममा गोली चलाउने सिपाहीले पछि आफैलाई पनि गोली हानेका थिए ।उनको पनि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । गोली चलाउने जवान १४४ बटालियनका कन्स्टेबल सत्यप्पा एसकेको रहेका छन् । मृतक जवानको पोस्टमार्टम सिभिल अस्पताल अमृतसरमा भइरहेको छ । प्राप्