वाग्मती प्रदेशको प्रदेश नीति तथा योजना आयोगको बैठकले बजेट निर्माण गर्दा अनिवार्यरूपमा कार्यविधि र वित्तीय अनुशासन पालना गर्ने निर्णय गरेको छ ।
प्रदेशका मुख्यमन्त्री तथा प्रदेश नीति तथा योजना आयोगकी अध्यक्ष अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा आज बसेको आयोगको पूर्ण बैठकले यो वर्ष गर्नुपर्ने कामका विषयमा समीक्षा गरेर सरकारलाई अब जानुपर्ने बाटोका विषयमा जानकारी गराउने निर्णय गरेको हो ।
बैठकले उपाध्यक्ष र सदस्यहरुको जिम्मेवारीसमेत बाँडफाँट गरेको आयोगका उपाध्यक्ष डा जगत्बहादुर बस्नेतले जानकारी दिए ।
बैठकले सदस्यले हेर्ने मन्त्रालय तोक...