चीनको गोन्जाओबाट साँढे १२ टन मेडिकल सामग्री काठमाडौँ ल्याइएको छ । कोरोना परीक्षण र उपचारमा प्रयोग हुने मेडिकल सामग्री सहित नेपालले खरिद गरेका र चिनियाँ सहयोगी संस्थाले उपलब्ध गराएका मेडिकल सामाग्री नेपाल ल्याइएको हो ।
नेपालका लागि चिनियाँ राजदूत होउ यांन्कीले आइतबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर चीनको तर्फबाट आएको सहयोग सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्नुभएको थियो । उहाँले अन्य सहयोगका सामाग्रीहरु छिट्टै नेपाल आउने बताउनुभयो ।