काठमाडौं : रुसले आफ्नो कब्जामा रहेको युक्रेनका चार क्षेत्रमा जनमत संग्रहको तयारी गरेको छ। युक्रेनको लुहान्स्क, दोनेत्स्क, खेरसान र जेपोरजियामा मतदानको तयारी गरिएको हो। अधिकारीहरुका अनुसार यही सेप्टेम्बर २३ देखि २७ सम्म ती ठाउँमा मतदान हुनेछ। लुहान्स्क शहरमा आगामी शुक्रबार जनमत संग्रहको तयारी भइरहेको रुसी अधिकारीहरुले बताएका छन्। मतदानका आधारमा रुसको कब्जामा रहेको युक्रेनका क्षेत्रहरू रुससँग विलय हुने नहुने भन्ने टुंगो लाग्ने बीबीसीले जनाएको छ। युक्रेनले रुसको यो कदमलाई झुटो म