मन्त्रीलाई धकेलाधकेल गर्न थालेपछि पीएसओले चलाए गोली

सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा प्रदेश मन्त्रीलाई धकेलाधकेल गर्न थालेपछि मन्त्रीका पीएसओले गोली चलाएका छन् ।  अधिवेशनको विवादका क्रममा प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहलाई धकेल्न थालेपछि मन्त्रीको सुरक्षामा खटिएका पीएसओले एक राउण्ड हवाई फायर गरेको सर्लाही प्रहरी प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए । अहिले स्थिति सामान्य रहेको उनको भनाइ छ ।  बलरा नगरपालिका–९ को वडा अधिवेशन चलिरहेका बेला विवाद भएको थियो । त्यसपछि अधिवेशन रोकिएको छ ।   

सम्बन्धित सामग्री

सर्लाहीमा काँग्रेसको वडा अधिवेशनको छलफलमा गोली चल्यो

सर्लाही । सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा गोली चलेको छ । अधिवेशनको क्रममा प्रदेश मन्त्रीलाई धकेलाधकेल गर्न थालेपछि मन्त्रीका पीएसओले गोली चलाएका हुन् ।

प्रदेशसभामा कांग्रेसको अवरोध, मन्त्रीलाई रोक्न धकेलाधकेल

२७ जेठ, पोखरा । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रदेश ४ को प्रदेशसभा बैठक अवरुद्ध पारेको छ । प्रदेशको नामसम्बन्धी प्रतिवेदनमाथि छलफल गराउन माग गर्दै कांग्रेसले एकै दिन दुई पटक संसद अवरुद्ध गरेको हो । दिउँसो २ बजेका लागि बोलाइएको बैठक कार्यव्यवस्था समितिमा सहमति नजुटेपछि ४.५५ बजे मात्रै बैठक सुरु भएको …