अमेरिका प्रवेश गर्न पाउने आप्रबासी शरणार्थी सङ्ख्यामा चार गुणा वृद्धि

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको नयाँ प्रशासनले वार्षिक रूपमा अमेरिका प्रवेश गर्न दिने आप्रवासीहरुको सङ्ख्यालाई १५ हजारबाट बढाएर ६२ हजार पाँच सय बनाएको छ ।  पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी शरणार्थीबारे लिएको कडा कदमपछि अमेरिकाले बार्षिक १५ हजार शरणार्थीलाई मात्र अमेरिका प्रवेश गर्न दिने व्यवस्था गरिएको थियो...

सम्बन्धित सामग्री

विभिन्न देशमा राजदूत फेर्दै अमेरिकी राष्ट्रपति बाइडेन

एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले विभिन्न देशमा राजदूत परिवर्तन गर्ने सम्भावना रहेको ह्वाइटहाउसले बताएको छ। ह्वाइटहाउसका प्रेस सचिव जेन साकीले भने, ‘‘म कुनै निजी घोषणा त गर्न सक्दिनँ, तर चाँडै नै हामी राजदूतहरुबारे औपचारिक कुरा सार्वजनिक गर्ने छौं।’’ केही देशमा राजनीतिक वृत्तका व्यक्ति राजदूत हुन सक्ने पनि बताइएको छ। भारतमा जनवरी २० देखि अमेरिकी राजदूत पद रिक्त छ।

Dekhapadhi

जुलाई ४ सम्म ७० प्रतिशत वयस्कलाई कोरोना खोप लगाउने बाइडेनको लक्ष्य

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुलाई ४ सम्ममा देशका ७० प्रतिशत वयस्कलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइसक्ने लक्ष्य तय गरेका छन् । जुलाई ४ मा अमेरिकाको स्वतन्त्रता दिवस मनाउने दिनसम्म अमेरिकालाई कोरोना भाइरसबाट पनि खतरामुक्त बनाउने उनको भनाइ छ । कोरोनाभाइरस विरुद्धको लडाइ जित्नका लागि खोप अभियान नै सबैभन्दा प्रभावकारी र भरपर्दो उपाय हुने उनले विश्वास व्यक्त गरेका छन् । कतिपय मानिसले खोप लगाउन रुची नराखेकाले यो अभियान अपेक्षित रुपमा अगाडि बढ्न नसकेपनि आपूmले तय गरिएको लक्ष्य भ

Ratopati

क्रिप्टोकरेन्सीमा ठूलो गिरावट, लगानीकर्ताले दुई सय अर्ब गुमाए

एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले 'क्यापिटल गेन ट्याक्स' बारे प्रश्न गरेपछि क्रिप्टोकरेन्सी बजारमा तीव्र गिरावट आएको छ। राष्ट्रपतिको चासोपछि लगानीकर्ताले दुई सय अर्ब डलर गुमाएका छन्। क्‍वाइन मेट्रिक्स डाटोको रिपोर्टअनुसार, ट्क्यासको विषय उठेपछि बिटक्‍वाइनमा ७.३ प्रतिशतको गिरावट आयो। अहिले यसको मूल्य ४९७३० डलरमा झरेको छ। मार्च महिनापछि बिटक्‍वाइनको मूल्य ५० हजार डलरबाट तल ओर्लिएको यो पहिलो पटक हो।

Dekhapadhi

क्रिप्टोकरेन्सीमा ठूलो गिरावट, लगानीकर्ताले दुई सय अर्ब गुमाए

एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले 'क्यापिटल गेन ट्याक्स' बारे प्रश्न गरेपछि क्रिप्टोकरेन्सी बजारमा तीव्र गिरावट आएको छ। राष्ट्रपतिको चासोपछि लगानीकर्ताले दुई सय अर्ब डलर गुमाएका छन्। क्वाइन मेट्रिक्स डाटोको रिपोर्टअनुसार, ट्क्यासको विषय उठेपछि बिटक्वाइनमा ७.३ प्रतिशतको गिरावट आयो। अहिले यसको मूल्य ४९७३० डलरमा झरेको छ। मार्च महिनापछि बिटक्वाइनको मूल्य ५० हजार डलरबाट तल ओर्लिएको यो पहिलो पटक हो।

Dekhapadhi

भारतसँग रक्षा सम्बन्ध मजबुत पार्दै अमेरिका

एजेन्सी। अमेरिकाले भारतसँग रक्षासम्बन्ध थप मजबुत पार्ने निर्णय गरेको छ। अमेरिकी सिनेटले 'चीन सामरिक प्रतिस्पर्धा विधेयक' लाई स्वीकृत गरेको हो। विधेयकमा क्‍वाड समूहलाई समर्थन गर्ने र भारतसँग सुरक्षासम्बन्ध वृद्धि गर्ने सन्दर्भमा सहमति जनाइएको छ। चीनविरोधी समूह क्‍वाडमा अमेरिका, अस्ट्रेलिया, जापान र भारत सम्मिलित छन्। गत महिना राष्ट्रपति जो बाइडेनले आयोजना गरेको क्‍वाड शिखर सम्मेलनमा चारै देशका नेताले भाग लिएका थिए।

Dekhapadhi

सपथ बहिष्कार गरेका ट्रम्पलाई पनि बाइडेनले दिए धन्यवाद

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले एकताका पक्षमा सधैं उभिने बताएका छन् । बाइडेनले ४६ औं राष्ट्रपतिका रुपमा सपथ लिएपछि संसद् भवनबाट पहिलोपटक जनतालाई सम्बोधन गरेका हुन् ।  उनले भने, ‘यो अमेरिकाको दिन हो । यो लोकतन्त्रको दिन हो । यो आशाको दिन हो । आज हामी कुनै उम्मेदवारको खुसीयाली मनाउन जुटेका होइनौं, हामी लोकतन्त्रका लागि जुटेका हौं । हामीले फेरि एकपटक  बुुझेका छौं कि लोकतन्त्र अमूल्य छ र नाजुक पनि छ, तर लोकतन्त्र यहाँ कायम छ ।’उनले संसद् भवन आक्रमणको घटनाबारे पनि बोले

Ratopati

बाइडेनको सपथपछि कुन देशको कस्तो प्रतिक्रिया ?

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई विश्वभरबाट बधाई सन्देश आइरहेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले बाइडेन प्रशासनसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् । ‘म उनी र उनको नयाँ प्रशासनसँग मिलेर काम गर्नेमा छु । हाम्रो देशहरुबीच सहकार्य बलियो बनाउने तथा जलवायु परिवर्तनविरुद्धको लडाई, महामारी जितेर अघि बढ्ने र हाम्रो ट्रान्स एटलान्टिक सुरक्षालगायत साझा प्राथमिकतामा सहकार्य गर्नेबारे सोचिरहेको छु,’ जोनसोनले भने । त्यसैगरी भिडियो सन्देश जारी गर्दै जर्मनीका राष्ट्रपति फ्रान

Ratopati

जो बाइडेनले लिए सपथ, बने ४६ औं अमेरिकी राष्ट्रपति

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले पदको सपथ लिएका छन् । संसद् भवन (क्यापिटोल हिल) मा उनले पदको सपथ लिएका हुन् । ७८ वर्षीय बाइडेन अमेरिकाका ४६ औं राष्ट्रपति हुन् । सन् २००८ देखि २०१६ सम्म बाइडेन अमेरिकाको उपराष्ट्रपति थिए । गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा उनले तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराए । कमला ह्यारिसले पनि लिइन् सपथ समारोहमा बाइडेनभन्दा अघि अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले पदको सपथ लिइन् । सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोतोमेयरमार्फत उनले सपथ लिएकी हुन्

Ratopati

अफगानिस्तान र इराकमा अमेरिकी सेनाको उपस्थिति न्यून बनाइयो

एजेन्सी । अफगानिस्तान र इराक दुबै मुलुकमा अमेरिकी सेनाको सङ्ख्यालाई यही जनवरी १५ सम्ममा दुई हजार ५०० मा झारिएको पेन्टागनले शुक्रबार जनाएको छ । दुबै मुलुकमा अमेरिकी नेतृत्वमा परिचालित सेनाको सङ्ख्यामा करिब दुई दशकपछि यति धेरै कमी आएको अमेरिकी रक्षा मन्त्रालयले बताएको हो । अमेरिकी राष्ट्रपतिबाट आफ्नो कार्यकाल पूरा गरी विदा हुँदै गरेका रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले सन् २००० को सेप्टेम्बर ११ मा अमेरिकी भू–भागमा भएका आतङ्ककारी आक्रमणपछि ती दुबै एशियाली मुलुकमा अमेरिकी सेना पठाएको थियो ।

Ratopati