हजार क्षमताको होल्डिङ सेन्टर अन्तिम चरणमा : सञ्चालनमा अन्योल

कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । गत वैशाख महिनामा नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम नेपाली सेनाले निर्माण गर्ने भनिएको सालधारी क्षेत्रमा एक हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माणकार्य अन्तिम चरणमा पुगेको हो । नेपाली सेनामार्फत होल्डिङ सेन्टर निर्माणको ठेक्का पाएको हनुमान कन्ट्रक्सन प्रालिले सेन्टरको निर्माणकार्य […]

सम्बन्धित सामग्री

होल्डिङ सेन्टर निर्माण अन्तिम चरणमा

कपिलवस्तु । भारतमा कोरोना संक्रमण बढेपछि नेपाल फर्किनेको संख्या पुनः बढेको छ । कपिलवस्तुको कृष्णनगर नाका हँुदै नेपाल प्रवेश गर्नेको संख्या दोब्बरले वृद्धि भएको हो । नेपाल प्रवेश गर्नेको कोरोना परीक्षण सुरु भएको छ । कोरोनाको दोस्रो लहरमा भारतसँग जोडिएको सीमा क्षेत्रमा निर्माण सुरु भएको होल्डिङ सेन्टर अहिलेसम्म सञ्चालनमा आउन सकेका छैनन् ।      यात्रुलाई लक्षित गर्दै निर्माण गरिएको होल्डिङ सेन्टरको काम अन्तिम चरणमा पुगेको छ । नेपाली सेनाद्वारा निर्माण भएको उक्त होल्डिङ सेन्टरमा कोरोना संक्रमण नियन्त्रणका लागि भारतबाट प्रवेश गर्नेलाई सुरक्षित राखिने बताइएको छ । कृष्णनगर नगरपालिका–१ शिवा नगरमा रहेको ४०० शय्याको होल्डिङ सेन्टर पुसभित्र सञ्चालनमा आउने निर्माण कम्पनीले जनाएको छ ।      भन्सार नाका नजिकै ६०० शय्या क्षमताको होल्डिङ सेन्टरको काम तीव्र गतिमा भइरहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए । ‘एउटा निर्माणको काम पूरा भएको छ, अर्को होल्डिङ सेन्टर छिटो निर्माणका लागि तोकेता गरेका छौं’, पाण्डेले भने, ‘पहिला निर्माणको काम पूरा गरौं । अहिले भर्खरै सञ्चालन गर्ने अवस्था छैन ।’      गत असार ३ गतेदेखि सुरु गरिएको निर्माण पाँच महिनाभित्र सम्पन्न गर्ने भनिए पनि बर्खाका कारणले केही ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ । अबको केही दिनमै काम सम्पन्न भएपछि उक्त स्थानबाट सेवा सञ्चालन गर्ने सकिने कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप साहले बताए । उक्त होल्डिङ सेन्टर निर्माणका लागि २७ करोड ६७ लाख ८२ हजार ५३५ मा हनुमान कन्स्ट्रक्सन ललितपुरले जिम्मा लिएको छ ।      सञ्चालनमा अन्योल      होल्डिङ सेन्टर निर्माण पूरा भए पनि सञ्चालनमा अन्योल देखिएको छ । अहिलेसम्म सरकारले सेन्टर सञ्चालनका लागि कसैलाई जिम्मा नदिँदा अन्योल देखिएको हो । होल्डिङ सेन्टर सञ्चालनका लागि अहिलेसम्म केन्द्रबाट कुनै पनि निर्णय नआएको प्रजिअ पाण्डेको भनाइ छ । होल्डिङ सेन्टर निर्माण गरिएको छ । यसलाई व्यवस्थापन कुन निकायले गर्ने भन्ने विषयमा निर्णय भएको छैन’, पाण्डेले भने, ‘सीमा क्षेत्रमा रहेको चुनौतीका बीच सञ्चालन गर्नुपर्ने हुन्छ । रासस

होल्डिङ सेन्टरको काम अन्तिम चरणमा

भारतमा कोरोना सङ्क्रमण बढेपछि नेपाल फर्किनेको सङ्ख्या पुनः बढेको छ । कपिलवस्तुको कृष्णनगर नाका हुँदै नेपाल प्रवेश गर्नेको सङ्ख्या दोब्बरले वृद्धि भएको छ ।  नेपाल प्रवेश गर्नेको कोरोना परीक्षणको कामसमेत सुरु भएको छ । कोरोनाको दोस्रो लहरमा भारतसँग जोडिएको सीमा क्षेत्रमा निर्माण काम सुरु भएको होल्डिङ सेन्टर अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । यात्रुलाई लक्षित गर्दै निर्माण गरिएको होल्डिङ सेन्टरको काम अन्तिम चरणमा पुगेको छ । नेपाली सेनाद्वारा निर्माण भएको उक्त होल्डिङ सेन्टरमा कोरोना सङ्क्रमण नियन्त्रणका लागि भारतबाट प्रवेश ग...

पूर्वी नाका काकडभिट्टामा १,००० क्षमताको होल्डिङ सेन्टर, पुसभित्रै सञ्चालनमा आउने

विराटनगर । प्रदेश नम्बर १ को पूर्वीनाका काकडभिट्टामा होल्डिङ सेन्टर तयार भएको छ । पुस महिनाभित्रै सञ्चालन गर्ने तयारीका साथ निर्माणलाई गति दिइएको हो । संघीय सरकारको कूल २२ करोड रुपैयाँको लागतमा निर्माण भएको अधिकांश संरचनाको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनी हनुमान कन्ट्रक्सन्सले जनाएको छ । कोरोना संक्रमणका बेला पूर्वी नाका काकडभिट्टा...

होल्डिङ सेन्टर निर्माण अन्तिम चरणमा

काठमाडौं, मंसिर २२ । कोभिड–१९ का सङ्क्रमितहरूको उपचार तथा भारतलगायत तेस्रो मुलुकबाट आएका नागरिकलाई राख्न निर्माण सुरु गरिएको ‘होल्डिङ सेन्टर’ तथा उपचार केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । ‘होल्डिङ सेन्टर’ तथा उपचार केन्द्र यसै महिनाको अन्तिमदेखि सञ्चालनमा आउने नेपाली सेनाले जनाएको छ । नेपाली सेनाको व्यवस्थापनमा सो ‘होल्डिङ सेन्टर’को निर्माण भइरहेको छ । नेपाली […]