मदन भण्डारीको नाममा विश्वविद्यालय खुल्ने बाटो खुला भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९ सर्वसम्मतिले पारित गरेको हो । गत शुक्रबार गणपूरक संख्या नपुगेका कारण प्रतिनिधि सभाबाट पारित हुन नसकेको यो विधेयक पारित भएको हो । शिक्षामन्त्री देवेन्द्र पौडेलले प्रतिनिधिसभामा पारित गरियोस भनी यो विधेयक पेश गरेका थिए । यसअघि यो विधेयक राष्ट्रिय सभाबाट पास भइसकेको छ ।