प्रमुख दलहरुले आज समानुपातिक तर्फको बन्दसूची बुझाउँदै : उम्मेदवार छनोट गर्न सकस

काठमाण्डाै - प्रमुख दलहरूले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव समानुपातिक तर्फको बन्दसूची आज बुझाउँदैछन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरुले आज सूची बुझाउन लागेका हुन् । प्रमुख दलहरुलाई आकाङ्क्षी धेरै हुँदा नाम टुङ्गो लगाउन सकस परेको छ । निर्वाचन आयोगले बन्दसूची बुझाउन हिजो र आजको कार्यतालिका बनाएकोमा पहिलो दिन हिजो साना चार दलले मात्रै बन्दसूची बुझाएका छन् । ठूला दल मात्रै होइन आकाङ्क्षी छान्न नसकेर जसपा, लोसपा र राप्रपाले पनि हिजो सूची बुझाउन सकेनन् । बन्...